२०८० अशोज १७, बुधबार

यातायातको भाडा १० प्रतिशतले बृद्धी

असोज ७,, काठमाडौं । सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बृद्धीहुने भएको छ ।सरकारले यातायात व्यवसायीको माग पूरा गर्न भन्दै १० प्रतिशत भाडा बढाउने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा हिजो (शनिबार) भएको यातायात व्यवसायीसँग र सरकारको वार्तामा इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानेर १० प्रतिशत भाडा बढाउने सहमति भएको भएको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए। वार्तामा उपभोक्ता मञ्चको प्रतिनिधि सहित सुरक्षा निकायबाट समेत प्रतिनिधित्व थियो ।

असोज ५ बाट खुल्ने भनेको अग्रीम टिकट बुकिङ व्यावसायिले सरकारसंग विभिन्न माग राख्दै खोलेका थिएनन् । यो सहमतिसँगै अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएको बताइएपनि कहिलेदेखि खुल्ला गर्ने भन्नेमा चाँही तोकिएको छैन । बढेको भाडादर आइतबारदेखि नै लागू हुनेगरी यातायात व्यवस्था विभागले सिफारिस गर्ने दुई पक्षबीच सहमति भएको छ।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८