२०८० अशोज १७, बुधबार

न्यूनदृष्टियुक्तलाई ९२ वर्षमा नागरिकता

लमही – दाङ गढवा गाउँपालिका–३ रतनपुरका न्यूनदृष्टियुक्त चल्ली चौधरीले ९२ वर्षमा नागरिकता बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले पचाहामा सञ्चालन गरेको शिविरबाट उहाँले नागरिकता लिनुभएको हो ।

“यसअघि कसैले नागरिकता बनाउन पनि भनेका थिएनन्”, उहाँले भन्नुभयो, “यस्तो शिविर पनि आएको थिएन, त्यसैले पहिले नागरिकता लिन पाएकी थिइन् ।” उहाँलाई प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकता हस्तान्तरण गर्नुभएको हो । नागरिकता नहुँदा ९२ वर्षसम्म पनि वृद्धभत्ता नपाएका उहाँले नागरिकता पाएपछि भने वृद्धभत्ता पाइने भन्दै खुशी व्यक्त गर्नुभयो । 

दुबैआँखा नदेख्ने चौधरीले आफू एक ठाउँबाट अर्को ठाउँ हिँड्न पनि समस्या हुने भन्दै नागरिकता बनाउनसक्ने अवस्था नरहेको बताउनुभयो । नागरिकता नपाएका तथा विकटका नागरिकलाई सहज नागरिक प्रदान गर्न जिल्लाका विकट क्षेत्रमा शिविर सञ्चालन गरेको प्रजिअ रिजालले बताउनुभयो । (रासस)

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८