२०८० जेष्ठ २३, मङ्लबार

म्यान्माली नेपालीहरुको युवा सम्मेलन सम्पन्न

काठमाडौं—म्यानमारको पुरानो राजधानी माण्डलेबाट करिव ३३७ किलोमटिर टाढा छ कत्था सहर । म्यानमारमा जम्मा ७ वटा प्रान्त र ७ वटा डिभिजन छन् ।
ती मध्ये म्यानमारको उत्तरी क्षेत्रमा पर्ने सघाईँ डिभिजनभित्रको कथा शहर इरावडी नदीको किनारमा अवस्थित छ । यो शहरमा करिव ११५ घर म्यान्माली नेपालीहरुको बसोबास छ ।
नोभेम्बरको गत १८ र १९ तारिखमा अखिल म्यानमार गोर्खा हिन्दु धार्मीक संघको युवा विभागले क्षेत्रीय युवा सम्मेलनको आयोजनामा गरेको थियो ।

मातृभाषा र संस्कृतिको उत्थानका साथै युवाहरुको शिप अभिबृद्धि र शिक्षालाई विशेष जोड दिइएको यस सम्मेलनमा म्यानमार देशभरी रहेका गोर्खा हिन्दु धार्मीक संघका शाखा तथा उपशाखा अन्तर्गतका युवा विभागलाई प्रतिनिधित्व गर्दै ५ सयभन्दा बढी युवाहरु कत्थामा भेला भएका थिए ।

कत्था शहरका नगरप्रमुख उ विन आउँ र म्यानमार गोर्खा हिन्दु धार्मीक संघका अध्यक्ष सागर घिमिरेद्धारा उद्घाटन गरिएको यस कार्यक्रममा विशेष व्यक्तित्वहरुबाट प्रशिक्षण, मातृभाषा र नेपाली साहित्यको महत्वबारे छलफल, युवा सम्भावना र समस्याबीच विभन्न विषयमा प्यानल डिस्कसन, सांस्कृतिक कार्यक्रम, कविता वाचन तथा गोर्खाली नेपाली य’वाहरुले आफ्ना फरकफरक प्रतिभा प्रस्तुत गरेका थिए ।

दुई दिवसिय सय कार्यक्रम हरेक दिन विहान ८ बजेदेखि साँझ ९ बजेसम्म चलेको थियो । शान्तीराम घिमिरे, जीवन कुईकेल, निलादेवी सापकोटा, सन्तोष खतिवडा, विष्णुप्रसाद खनाल, रामचन्द्र कोइराला, खिनमाया भट्टराई, ईन्द्रप्रसाद पौडेल, उमादेवी सापकोटा गरी ९ जनाका ेआयोजक समिति रहेर दर्जनौँ स्वयंसेवकहरु परिचालन गरिएको यस युवा सम्मेलनलाई निकै व्यवस्थित रुपमा आयोजना गरिएको थियो ।
सहरका अन्य समुदाय तथा राज्य पक्षले पनि यस सम्मेलनलाई सकारात्मक रुपमा हेरेको आयोजक समितिका जीवन कुईकेलको अनुभव छ ।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ