२०८० जेष्ठ २४, बुधबार

विश्वकप छनौट क्रिकेट: कतारसँग नेपालको अप्रत्याशित हार

काठमाडौँ : सिङ्गापुरमा सञ्चालन भइरहेको टी-२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा कतारले नेपाललाई हराएको छ। कमजोर मानिएको कतारले शीर्ष वरीयतामा रहेको नेपाललाई चार विकेटले पराजित गरेको हो।

नेपालले पहिले ब्याटिङ गरेर १२२ रन बनाएको थियो। यो लक्ष्य कतारले चार बल अगाडि छ विकेट गुमाएर पुरा गरेको हो।

प्रतियोगिताको विजेता टी-२० विश्वकप छनौटको अन्तिम चरणमा खेल्न पाउने भएकोले यो प्रतियोगिता महत्वपूर्ण रहेको छ।

पहिलो पराजय

टी-२० को विश्व वरीयतामा नेपाल ११ औँ स्थानमा छ भने कतार २१ औँ स्थानमा रहेको छ।

प्रतियोगिताको पहिलो दिन सिङ्गापुरसँग हारेको कतारमा अधिकांश दक्षिण एशियाली मूलका खेलाडीहरू छन्।

कतारले अन्तिम ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीलाई चौका हान्दै जित हात पारेको हो।

शुरूवाती ब्याट्सम्यानहरूले रन बनाएपछि कतार सहज विजयतिर उन्मुख भएको थियो।

कतारका ४० वर्षीय इनाम उल हकले ३२ बलमा छ चौकाको मदतले ४१ रन जोडेका थिए।

चौधौँ ओभरमा उनलाई दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले रन आउट गरेपछि खेल प्रतिस्पर्धात्मक स्थितिमा फर्किए जस्तो देखिएको थियो।

तर नेपाली बलिङ तीखो हुन नसक्दा नेपालले जित्न सकेन्।

कतारको विजयमा कामरन खानले २२ रन बनाएका थिए।

क्रिकेट

कमजोर ब्याटिङ

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १२२ रनको सामान्य लक्ष्य बनाएको थियो।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले प्रारम्भिक ब्याटिङ सम्हालेका थिए।

यो जोडीले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे, जुन टी-२० मा नेपालको सबैभन्दा राम्रो प्रारम्भिक साझेदारी हो।

खड्काले २८ रन जोडे भने मल्लले २३ रन बनाए।

चोटबाट फर्केका दीपेन्द्रसिंह ऐरीले टोलीका लागि सर्वाधिक ३४ रन जोडे। मध्यक्रमका शरद भेषावकरले सात रन बनाए। बीबीसी नेपाली सेवाबाट

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ