२०८० अशोज १७, बुधबार

कर्णाली जीप दुर्घटना : २२ दिनपछि उपाध्यक्षको शव भेटियो

कर्णाली: हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीको शव भेटिएको छ। असार ३ गते जीप कर्णाली नदीमा खस्दा उनीसहित १० जना बेपत्ता भएका थिए। जीप दुर्घटनाको २२ दिनपछि गाउँपालिकाका उपाध्यक्ष शाहीको शव भेटिएको हो।

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीप दुर्घटनापछि कर्णालीमा बेपत्ता भएकी उपाध्यक्ष शाहीको शव फेला परेको जानकारी दिए। उपाध्यक्ष शाहीको शव भेटिए पनि अन्य नौजना अझैं बेपत्ता छन्। असार ३ गते सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित कच्ची सडकबाट जीप कर्णाली नदीमा खसेको थियो।

दुर्घटनापछि कर्णाली नदीमा गोताखोरमार्फत् वेपत्ता यात्रु र जीपको खोजी गरिएको थियो। तर, फेला पार्न नसकेपछि स्थानीय प्रशासनले खोजीकार्य रोकेको थियो। लामो समयसम्म पनि फेला नपरेपछि स्थानीयले यसअघि नै दुर्घटनामा बेपत्ता भएपछि कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन्।

खार्पुनाथदेखि ४५ कोष टाढा दक्षिणमा रहेको सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ दुल्ली र मुन्डीस्थित नागरा भन्ने स्थानमा उपाध्यक्ष हमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

कर्णाली नदीकै छेउमा भेटिएको शाहीको शव लिन फिस्टेल एअरको हेलिकप्टबाट प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी र मृतकमा आफन्त पुगेका थिए। बुधबार नै पोस्टमार्टमपछि आफन्तले उनको दाहसंस्कार गरेका छन्।

सिकारुले गाडी चलाउँदा जीप दुर्घटना भएको थियो। दुर्घटनापछि कर्णालीमा बेपत्ता भएको जीपका चालक मणिजंग शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाइ र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौ थानकोटका मिस्त्री राजु श्रेष्ठ र उनका सहयोगी अहिले पनि बेपत्ता छन्। अन्नपूर्ण पोष्ट्बाट

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८