२०८० अशोज १७, बुधबार

ट्रेकिङ गाइड बन्न चाहनुहुन्छ ? सरकारले दिँदै छ तालिम

काठमाडौं: नेपालका पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गर्न आउने विदेशी पर्यटकका लागि पथ प्रदर्शक (ट्रेकिङ गाइड) बन्ने चाहना छ ? यदि तपाईंलाई पनि पर्यटकसँगै रमाइला क्षेत्रको भ्रमण गर्ने र पर्यटकलाई त्यस्ता ठाउँबारे जानकारी गराउने चाहना छ भने ट्रेकिङ गाइड बन्नु तपाईंको सही छनौट हुने छ ।

सरकारले शुरु गरेको विशेष अभियान ‘भ्रमण वर्ष २०२०’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । जसका लागि ठूलो संख्यामा पथ प्रदर्शक आवश्यक पर्ने देखिन्छ ।

सरकारले साउन १५ गतेदेखि ट्रेकिङ गाइडको तालिम सञ्चालन गर्दै छ । उक्त तालिममा सहभागी हुन चाहने नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन फारम भर्न सक्नेछन् ।

सरकार मातहत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्ने तालिममा सहभागी हुन ७ हजार शुल्क तिर्नुपर्ने छ ।

विस्तृत विवरणको लागि तलको सूचना हेर्नुहोस्,

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८