२०८० अशोज १७, बुधबार

भारत जाँदा छोरा, फर्किदा छोरी (भिडियो सहित)

काठमाडौं : भारत जाने, त्यहि पढ्ने अनि केही कमाएर पठाउने । यहि आसमा माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ । 

गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालीका–१, दोमिल्लाका सुरेन्द्र माल पहिले जस्तो रहेनन् । नाम फेरीएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ । 

भारत पस्दा १८ वर्षका थिए । त्यहि दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरुको समुहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो ।

रेलवे स्टेसन र वषपार्कमा माग्न लगाइयो । सुरेन्द्रका अनुसार मेरठ बस्न इलियास नामका व्यत्तिले उनको यो अवस्था बनाएको हुन् । इलियासले  नै उनको कमाइ खान्छन् ।

मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो, न्याय माग्दै मंगलवार जिल्लाप्रहरी कार्यलय  पुगेको सुरेन्द्रले भने, मलाई माग्ने बनाउनकै लागी लिंग  काटेर फान्न लगाइयो । यो समाचार आजको कान्तिपुर दैनिकमा भवानी भट्टले लेखेकी छिन् । 

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८