२०८० अशोज १७, बुधबार

कविता : सहर गायब भएपछि

ट्राफिक लाइटहरू हरियै सुसेल्न थाले

– शिवानीसिंह थारू

 

कहाँ गए ?

छाँया कुल्चिहिँड्‍ने मान्छेहरू

एकाएक हल्ला साम्य भएपछि

ट्राफिक लाइटहरू हरियै सुसेल्न थाले

कता पुगे ?

हतार बोकी हिँड्‍ने स्वाँफ्वाँहरू

एकाएक तँछाडमछाड सुस्ताएपछि

जेब्राका क्रसहरू खुट्टा तन्‍काउन थाले

किन रोकिए ?

 

वारपार गरिहिँड्‍ने पाइतालाहरू

जवाफ न दोबाटोसित थियो

न ‘वन वे’ सित

न ‘टु वे’ सित

सहरको बुढो गल्ली खोक्दै आयो

र भन्न थाल्यो,

मान्छेहरू

छाँयासहित, पाइलासहित, हतारसहित

मावनवता खोज्‍न थुनिए !

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८