२०८० अशोज १७, बुधबार

ज्ञानेन्द्रको कीर्तिमानी ब्याटिङ: मलेशियाविरुद्ध नेपाल विजयी

काठमाडौँ: कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गरेपछि सिङ्गापुरमा सञ्चालन भइरहेको टी-२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गरेको छ।

वर्षाले प्रभावित खेलमा नौ ओभरमा छोट्याइएको खेलमा मलेशियाले सात खेलाडी गुमाउँदै बनाएको ८३ रनको चुनौतीलाई नेपालले तीन विकेट गुमाइ पुरा गर्यो।

नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन्।

मङ्गलवार कतारसँग अप्रत्यासित हार ब्यहोरेपछि कठिन स्थितिमा पुगेको नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न प्रतियोगिताको बाँकी सबै खेल जित्नुपर्ने चुनौती छ।

वर्षाको डर

वर्षाले खेल ढिला भएपछि मलेशियाविरुद्धको खेल रद्ध हुने स्थितिमा पुगिसकेको थियो।

तर नौ ओभरको खेल सम्भव भएपछि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

नियमित कप्तान पारस खड्का ढाडको समस्याका कारण खेल्न नसकेपछि उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानीको जिम्मेवारी लिएका थिए।

खड्का सहित ललितनारायण राजवंशी पनि टिममा छैनन्।

उनीहरुको स्थानमा प्रदिप ऐरी र रोहित पौडेल टिममा समावेश भएका थिए।

चुनौती

यसअघि पहिलो ब्याटिङ गरेको मलेशियाले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो।

सोमपाल कामीले पहिलो ओभरमै दुई खेलाडीलाई खाता खोल्न नदिई आउट गर्दै नेपाललाई गतिलो शुरूवात दिलाए।

उनले खेलको पहिलो बलमा नै अनवर अरुद्धिनलाई तथा ओभरको अन्तिम बलमा सफिक सर्राफलाई आउट गरेका थिए।

तर मलेशियाका सइद अजिजले १५ बलमा ३० रन तथा भिरन्दीप सिंहले १७ बलमा २१ रन बनाए।

अन्य ब्याट्सम्यानहरुले दोहोरो रन छुन सकेन। नेपालमा लागि सोमपाल कामीले तीन र भेट्रान बसन्त रेग्मीले दुई विकेट लिए।

सन्दीप लामिछाने र करण केसीको नाममा पनि १/१ विकेट रह्यो।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८