२०८० अशोज १७, बुधबार

आज दिन भरलाई तस्वीरमा हेरौँ

काठमाडौँ आज देश भर कहाँ कहाँ केके देखिए ति कुरालाई तस्विर मार्फत देखाउने कोशिस गरेका छौँ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत शिवालय गाउँपालिकाद्वारा रोजगारी पाएका व्यक्तिहरु सडक निर्माणको काम गर्दै । तस्वीर हेमन्त केसी,रासस,जाजरकोट
बागलुङ नगरपालिका -११ रायडाँडामा पहरा छिचोल्दै बनाइएको कच्ची सडक । तस्वीरः तारानाथ आचार्य
तनहुँको व्यास नगरपालिका -५ मानहुँडाँडाबाट दमौली बजार आसपासका दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको छ । तस्वीर : कृष्ण न्यौपाने ।
भीमदत्तनगरमा बुधबारदेखि शुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ब्याटिङ्ग गरेर प्रतियोगिता उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास विकासमन्त्री कृष्णराज सुवेदी । तस्बीरः शेरबहादुर सिंह ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमा लाखे नाचसहित भेला भएका सरोकारवाला । तस्वीर : चन्द्रकला क्षेत्री 
राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमा भेला भएका सरोकारवाला । तस्वीर : चन्द्रकला क्षेत्री 
कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाडमा खोला फर्काएर माछा मार्दै मोहन्याल ४ खिमडीका स्थानीय बासिन्दा । तस्वीर : मीन ठकुरी ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक मंगलबार फिर्ता गरेको घोषणा गरे पनि गुठी विधेयकको विरुद्धमा लागेका उपत्यकावासीले आयोजना गरेको खबरदारी सभामा युवती प्लेकार्ड बोकी उपस्थित । तस्वीर : रत्न श्रेष्ठ ।
मकै खेती कञ्चनपुरको पुनरवास नगरपालिका–३ रामबस्तीका स्थानीय किसानले भाच्ने वेला भएको मकैको घोगोको खोस्टा निकालेर बोटमै सुकाइएको मकै । तस्वीर : सिद्धराज भट्ट
बागलुङ नगरपालिका-८ सिगानामा रहेको लामाचौर बस्ती । उच्च पहाडमा रहेको यो बस्तीबाट पृष्ठभूमिमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका कयौँ बस्तीहरु देख्न सकिन्छ । तस्विरः तारानाथ आचार्य ।

तस्वीर : रासस

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८