२०८० अशोज १७, बुधबार

सगुनमा ५२ देशबाट लगानी, नोभेम्वर ३० सम्म जो कोहीले लगानी गर्न सक्ने (भिडियो)

सोसियल मिडिया र सोसियल कमर्शलाई एउटै प्लेटफर्ममा ल्याउने महत्वकांक्षी योजनाकासाथ नेपालीहरुले स्थापना गरेको सगुनमा हालसम्म ५२ वटा देशबाट लगानी भएको सगुनले जनाएको छ ।

मिनि आइपीओ अन्तर्गत पहिलो चरणको लगानी सगुनले अमेरिकाबाट शुरु गरेको थियो भने दोश्रो चरणको शुरुवात बेलायतबाट गरेको थियो ।

लगानी खुल्ला गरेको हालको दोश्रो चरणमा दक्षिण कोरियाबाट सबैभन्दा धेरै लगानीकर्ताहरुले लगानी गरेकाछन् । यसैगरि लगानीकर्ताको संख्याको आधारमा दोश्रो स्थानमा अमेरिका छ भने तेश्रो स्थानमा बेलायत छ ।

अष्ट्रेलिया, जापान र युएई क्रमश चौथो, पाँचौ र छैटौं स्थानमा रहेको सहसंस्थापक कविन्द्र सिटौलाले रातोपाटीलाई जानकारी दिए ।

सगुनको लगानीको यस चरणमा न्यूनतम रकम एक हजार अमेरिकी डलर वा सो भन्दा बढी लगानी गर्न सकिने छ । सगूनले यस पटकको लगानीको चरणमा क्रेडिट वा डेविट कार्डबाट समेत लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर सिटौलाका अनुसार हालसम्म धेरै व्यक्तिहरुले वायर ट्रान्सफर मार्फत लगानी गरेका छन् । त्यसैगरि हालसम्म पाँच हजार भन्दा बढी व्यक्तिले औषत सोह्र सय अमेरिकी डलरका दरले लगानीको लागि इच्छा जाहेर गरिसकेको पनि सिटौलाले बताए ।

नेपालीले पनि इनोभेसनको क्षेत्रमा विश्व माझ शिर उठाउने कोशिस गरेको सगुनमा सकेसम्म धेरै भन्दा धेरै नेपालीको साथ र सहयोग प्रदान गर्न लगानीकर्ताहरु स्वयं उत्साहित हुंदै लागेको विभिन्न सोसियल मिडियामा देखिएको छ । आफूले लगानीको गरेको जानकारी विभिन्न सामाजिक सञ्जालहरु मार्फत दिंदै अरुलाई पनि यो अवसरमा सहभागि हुन अनुरोध गरिएका सन्देश व्यापकरुपमा देखिन थालिएको छ ।

सोसियल मिडियाको क्षेत्रमा नयाँ र नौलो सोचका साथ अगाडि आइरहेको सगुनले एन्ड्रोइड एप छिटै नै ल्याउँन लागेको जनाइएको छ । यसै गरि २०१८ मा बजारमा ल्याउने गरि निर्माण कार्य शुरु गरिसकिएको सोसियल स्मार्ट कार्डले सामाजिक सञ्जाल र सोसियल कमर्शको क्षेत्रमा नयाँ आयामको शुरुवात हुने कुरामा सगुनका संस्थापक गोविन्द गिरी विश्वस्त छन् ।

अमेरिकी सरकारको सेक्युरिटिज् एण्ड एक्सचेञ्ज कमिसनबाट मिनि आइपीको स्विकृत प्राप्त गरेर सर्वसाधारणमा स्वामित्व शेयर विक्री गर्ने सोसियल मिडियासंग सम्वन्धित पहिलो स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणको लगानी खुल्ला भएको क्षण देखि यसलाई साथ र सहयोग गर्ने नेपालीहरुको संख्या झन् झन् बढ्दो छ ।

सगुनले हाल खुल्ला गरेको दोश्रो चरणको लगानी यहि नोभेम्वर ३० तारिख मध्यराति (न्यूयोर्क समय अनुसार) देखि बन्द हुँदैछ । सो समयसम्म विश्वभरबाट जो कोही(सर्वसाधारण)ले पनि सगुनमा लगानी गर्न सक्नेछन् । तर नेपालको कानूनि प्रावधानको कारणले नेपालबाट भने लगानी गर्न पाइने छैन । लगानी गर्न भर्नु पर्ने फाराम सगूनको साइटमा उपलब्ध छ जुन अत्यन्तै सरल र करिव ५ मिनेटमा नै जहाँबाट पनि भर्न सकिनेछ । फाराम भर्न वा लगानी रकम पठाउने विषय लगायत अन्य कुनै पनि प्रकारको प्रश्न वा जिज्ञासा भएमा सगुनको पेजमा उपलब्ध भएको हेल्प सेन्टरबाट जानकारी लिन सकिने छ ।

लगानीको लागि तथा सगुनको बारेमा थप जानकारीको लागि यहाँ क्लीक गर्नुहोला

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८