काठमाडौं : आफ्नै छोरीलाई यौन शोषण गरेको आरोपमा नेपाल सरकारका उपपचिव पक्राउ परेका छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत उनलाई उनकै छोरीको जाहेरीको आधारमा आज पक्राउ गरिएको हो ।
विगत केही वर्षदेखि आफ्नै छोरीमाथि पटक–पटक जबरजस्ती करणी गर्दै आएका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।
ति छोरी राजधानीको एक स्कूलमा १२ कक्षामा अध्ययनरत ति १८ वर्षीया युवतीले बुवाले पटक पटक आफ्माथि जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।
प्रहरीका अनुसार उपसचिवले ‘विदेशमा त यो सबै चल्छ, आधुनिक युगमा सबै कुरा सामान्य हुन्छ’ भन्दै छोरीमाथि बलात्कार गर्दै आएका थिए ।