२०८० जेष्ठ २४, बुधबार

कोभिड–१९ सङ्क्रमणबाट एकको निधन, मृत्यु हुनेको संख्या १४ पुग्याे ।

कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधनसँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ३ हजार ७ सय ६२ जना संक्रमित भएका छन्।

स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। उनको मृत्यु भएसँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् ।

यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५औ दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ