२०७९ साउन ३१, मङ्लबार

महिला अधिकार मञ्चमा रिमाल

हेटौँडा: राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश नं ३ समितिको अध्यक्षमा मेनुका रिमाल चयन हुनुभएको छ । आज हेटौँडामा भएको प्रदेश भेलाले रिमालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको होे ।

सो समितिको उपाध्यक्षमा जानुका विक (काभ्रे), कोषाध्यक्षमा रजिना सुनुवार (दोलखा), सचिवमा सीता पुलामी मकवानपुर र सहसचिवमा रोशनी लामा (सिन्धुपाल्चोक) तथा सदस्यमा मीठू मोक्तान (रसुवा), लक्ष्मी मगर (सिन्धुली), गीता बस्नेत (नुवाकोट) र विष्णु खनाल (ललितपुर) निर्वाचित हुनुभएको सो समितिले जनाएको छ ।

ग्रामीण महिला नीतिबारे अन्तरक्रिया

ग्रामीण महिला नीतिबारे प्रदेशस्तरीय सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आजदेखि हेटौँडामा शुरु भएको छ । दुई दिनसम्म चल्ने अन्तरक्रियामा सहभागी हुन ३ नम्बर प्रदेशको विभिन्न जिल्लाका प्रतिनिधि सहभागी भएका छन् ।

मकवानपुर जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले अन्तरक्रिया शुभाररम्भ गर्दै महिलाको अर्थपूर्ण सहभागिताका लागि पुरुषको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । महिलाको सामाजिक तथा राजनीतिक भूमिका अझ प्रभावकारी बनाउन पुरुषको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले प्रविधि भित्र्ययाएर घरायसी कामको बोझ कम गरी महिलाको सशक्तीकरणमा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय महिला आयोगका उपसचिव मीरा शेरचन र प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयका चन्द्रकुमारी ब्यान्जनकारले महिला अधिकारका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको सो कार्यक्रममा विभिन्न महिला अधिकार मञ्चका पदाधिकारीको सहभागिता थियो थियो ।

एक्सन एड नेपाल र आइरिस एडको सहयोग तथा प्रेरणा र राष्ट्रिय महिला अधिकार मञ्चको समन्वयमा राष्ट्रिय महिला आयोगले कार्यक्रमको आयोजना गरेको हो ।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ