प्रकाश ढकाल
युएई : युएईको सोनापुरमा नयाँ नेपाली भान्साघरको सुरुवात गरिएको छ । युएईको बसाईका क्रममा धेरै मिहिनेत र परिश्रम गरेर नरदेन लामाले उक्त नेपाली रेस्टुरेन्ट संचालन गरेका हुन् । युएईको सोनापुर स्थित युएई एक्सचेज, बंगाली मार्केट भनेर चिनिने स्थान नजिकै संचालन गरिएको सो नेपाली भान्साघरमा पारिवारीक वातावरणमा आफ्नो स्वाद अनुसारका परिकार चाख्न पाईने संचालकले बताए ।

नेपाली खानाका परिकारहरु भेज, ननभेज, इन्डियन खाना, थकाली खाना, चाउमिन, मम, थुक्पा लगायत धेरै परिकारको स्वाद चाख्न पाईने संचालकको भनाई छ । उक्त रेस्टुरेन्टमा महिनाभरिको एकमुष्ट पैसा बुझाउन पाइने गरि मेस खाना पनि उपलब्ध भएको होटेल संचालक बताउछन् ।
सो भान्साघर बिहान १० बजे देखि रातको १२ बजे सम्म संचालनमा रहनेछ । भान्सा घरले नजिकैका स्थानहरुमा आयोजना गरिने बनभोज, बर्थडे लगायतका कार्यक्रमहरुमा अर्डर बमोजिम खानाहरु डेलिभरी समेत गर्ने संचालक बताउछन् । एक कल गरेको खण्डमा नजिकै र पाईक पर्ने स्थानमा खानाको समेत डेलिभरी गरिने रेस्टुरेन्टका म्यानेजर प्रीतम लामा बताउछन् ।
बिशेष गरि शुद्ध शाकाहारी, मांसहारी तथा ग्राहकको इच्छा अनुसारको सेवा दिनु आफ्नो पहिलो दायित्व भएकोे संचालकका सहयोगी बासु राई , इच्छामनि क्षत्री , प्रीतम लामाले बताए । साथै एक पटक नेपाली मनको नेपाली भान्छा घरमा आई खानाका परिकारको स्वाद चाख्न उनीहरुले अनुरोध गरेका छन् ।