२०७९ असार १७, शुक्रबार

त्रिलोकपाध्य राजा हुन खोजेछ !

ए किरुवा तेरो बाऊको टाऊको बोक्न आईज

बुईपा – म १९८५ सालको हो । यो कुरा मैले धेरै चाँही सुनेको बाबुबाजेबाट । केहि केहि भोगेको पनि हो । अब हगि कुरा के भने पहिले यो हाम्रो ठाऊँ पोख्रेलहरुको विर्ता हो । खै विर्ता कसरी पाए उनीहरुले अब राजा महाराजलाई खुसी बनाएर त पाए होलान् । विर्तामा बसेको हुनाले हामी चाँही रैतीहरु भयौँ ।त्यसो गर्दा वर्षा लागेपछि रावा खोलामा गएर धान रोपिदिनु पथ्र्यो गरे (अरे) । त्यतिले मात्र गरेर नहुने हिऊँदमा त्यो धान काटेर घरमा ल्याईदिनु पनि पर्ने । पराल थन्क्याईदिएर आउनुपर्ने रे । त्यति बेला चाँही एक छाक भात खान दिन्थ्यो रे । नत्र अरु बेला (अन्य काम गर्न जाँदा) त आफैँले खाजा सामल बोकेर जानु पथ्र्यो रे ! त्यस्तो त धेरै छ नी ।

१२ पसेरी नुन (भनेको १२ पाथी गरे) मधेशबाट ल्याईदिनुपर्ने । घरैपिछेको जानु पथ्र्यो नुन बोक्न । अनि दशैँ आउने बेलामा पानी पँधेरो जाने ठाऊँ सफा गरिदिनु पर्ने । पोख्रेलहरुको बुढिको माईत कता कता हो, उनीहरुको भरिया भएर गईदिनुपर्ने । उनीहरुको नानी जन्मँदा लुगाफाटो बोकेर माईत जाने उनीहरुको परम्परा रहेछ । त्यो नानीको थाङ्ना, लुगा कपडा बोकेर पु¥र्याइदिनुपर्ने यता बुईपालीहरुले । त्यति गरेवापत रकम चाँही केहि पनि नदिने । यस्तो कुरा त धेरै छ नी ! लेखेर पो अब के गर्ने र!

अब उनीहरु त्यसबेलाको राजा । पूर्व–पश्चिम, उत्तर–दक्षिण धनी धनीको चेलीहरु त माग्यो होला नी! उनीहरुको कोशेली पु¥याईदिनु पर्ने । दशैँमा पनि कोशेली बोकेर गईदिनुपर्ने । दशैमा फूलपातिको दिन ५२ वटा तालुकले ५२ वटा बोका अनिवार्य लानै पर्ने । एउटा तालुक बराबर एउटा बोका नि । त्यसमा एक काईयो केरा र एक ठेकी दही पनि हुनुपथ्र्यो ।
तालुकवालाहरुले लगेपछि सबै पोख्रेलहरु भेला हुन्थ्यो रे । अनि बाँडचुँड त गथ्र्यो होला नी ।

लैना भैंसीको ४ रुपैयाँ, सित्तैमा घर
हाम्रो समय अहिलेको जस्तो महँगो थिएन । १५ रुपैयाँमा लैना भैँसी आऊँथ्यो रे! तर पोखरेलहरु झरेको बेला उनीहरुलाई मन परेको भैंसी रहेछ भने लिएर गइरहाल्ने । सित्तैमा चाँही लाँदैन थियो गरे है । दिन त दिन्थ्यो रहेछ पैसा तर १५ रुपैयाँ पर्नेलाई ५ रुपे, ४ रुपे दिएर लाने गरे । उनीहरु धान उठाउने बेलामा र कर उठाउने बेलामा झथ्र्यो ।

बोका पाठा पनि त्यसरी नै लाने रे । अब उनीहरु त विर्तावाल हामीले मान्नै पर्ने । राम्रा राम्रा बोकाहरुलाई एक मोहर, एक सुका दिएर लाने । केरा पसाएको देख्यो भने सुखेको दाम्चाले बाँधी जाने रे । त्यो उसलाई दिनै पर्ने । यसो १०/१२ पैसा निगाह चाँही गथ्र्यो गरे है । कम्ति डसेको रहेछ काठाहरुले डस्नु पनि ।

घर छाईदिनु जानुपर्ने । घर छाऊँदाखेरी चुहुने नचुहुने के कस्तो भयो भनेर जाँच्न छानामा मुत्थ्यो अरे । थाम यतै टारी बेंसीबाट काटेर लगिदिनुपर्ने । बुईपा विर्ताभरीको मानिसहरुले सखुवाको थाम, घर छाऊन प्रयोग हुने बाँसको भाटा यतैबाट लानुपर्ने अरे । छानो कस्न प्रयोग हुने चोया चाँही नुनथलाको तामाङहरुले लगिदिनुपर्ने । दलिन पनि आफैँले लानुपर्ने । घर बनाउँदा महिनौँसम्म उतै बसेर काम गर्थे हाम्रा बाबुहरु । गयो, सेऊलाले बारेर एउटा सानो टहरो बनायो ।

त्यसैमा कसैले खाने बस्ने ग¥यो । काम सकिएपछि झर्ने । काम हुँदाहुँदै पनि कहिले काँही त आउँथ्यो होला । अब सबै साथीसाथी मिलेर बस्नुपर्ने मजै त हुन्थ्यो होला । उनीहरुको घर बनाईसकेपछि चाँही एक छाक भात खान दिन्थ्यो अरे है । घर बनाउनेहरुलाई तिहुनको लागि तामाङहरुले प्रत्येक घरबाट १० पाथी आलु लगिदिनुपर्ने रे । अरु सामल चाँही आफैँले लानुपर्ने । घर बनाउँदा को जाने को नजाने भन्ने कुरा कसको घर बनाउने भन्ने भएपछि छुट्टिने । अब कुन तालुकलाई भनेको छ, त्यो तालुकभित्रको मानिसहरु जानुपर्ने ।

५२ तालुक र पाँच पट्टी विर्ता
बुईपामा ५२ वटा तालुक थियो । त्यस मध्ये कुन पोखरेलको घर बनाउनुपर्ने हो, उसले आफ्नो तालुकलाई मानिस पठाईदिनु भनेर आदेश गरेपछि हाम्रोबाट मान्छे जानु पर्ने । हाम्रो गाऊँ धर्मे भन्ने पोखरेलको थियो । उसको काम गर्न हामी जानुपर्ने । पर कल्लेरेहरुको छुट्टै हुन्थ्यो । छिप्टिलेहरुको छुट्टै हुन्थ्यो । यसरी फरक फरक पोखरेलहरुको अंश लागेका थियौँ के हामी । हाम्रो पट्टी चाँही पर मतानेहरुको घर हुँदै सांङ्ले र माथि गुरुङ गाऊँसम्म पनि माइला पट्टिको गरे । हामीले उसकोमा जानुपर्ने । काईला पट्टीको भान्टु, घमण्ड, तल कम्पने, चमरेको बाबुहरु र बेंसीटोल सुद्ध गरे ।

साईला पट्टीको भन्यो क्यारे लेक्पा, डाँडा गाऊँ, टारी कताकता हो । बाँडा गाऊँ पनि रे । अनि दम्कु चाँही धुमे पोखरेलको अरे । पाँच पट्टी पोखरेल भन्थ्यो । त्यो भनेको पाँच भाइ पोखरेलको सन्तान हो रे । अब रुपाकोट कस्को परेको थियो कुन्नी थाहा भएन ।

विर्ताको साँध सिमाना
विर्ताको सीमाना तल पिलुम्पादेखि शुरु हुन्छ । पिलुम्पालाई उनीहरुले भालुखोला लेखेको रहेछ । हामी पिलुम्पा भन्छौँ तर उनीहरुको लिखतम भालु खोला भनेको रहेछ । खै किन भालुखोला भनेको हो? त्यहाँबाट निकालेर वाक्लिम (आधि रैकर हो आधि विर्ता), त्यहाँबाट पञ्चरबाटो त्यहाँबाट गुरुङ गाऊँको शीर घिमिरेको साँध भन्ने पनि छ, त्यहाँबाट डल्ले खोला, राँके डाँडासम्म हो । त्यसपछि महुरे र धौलाङ पनि पहिले त विर्ता नै हो, तर पछि जफतिमा काटिएको गरे । कुन पोखरेलले हो बद्मास गर्दाखेरी काटिएको अरे ।

अनि फेरि हाँवुहुँदै माथि आउँदा लुकुवा फेरि अलिकता काटिएकै छ, यो विषयमा । त्यसपछि हुर्लुङ पनि विर्ता नै हो । त्यहाँको रुपाढुङ्गा भन्नेसम्म उनीहरुको लिखतमा रहेछ । तर पछि सोल्माली राईहरुको जग्गा रहेछ, त्यो थापा भन्नेहरुले किनिलगेछ वातालहरु चाँही । त्यसपछि माथि रुपाकोटसम्म हो ।
यता तल छापगाऊँ (बुईपासँगै जोडिएको) किपट नै रहेछ । टारी र कुसुङखा पनि विर्ता नै हो । यता दम्कु, हाँबु त परिगो ।

तालुकदारको तागत
मैले थाहा पाएकोसम्म हाम्रो गाऊँपट्टिको पहिलो तालुक हर्कलाल राई भन्ने रहेछ । त्यसपछि उहाँको छोरा सेते माथाले माथि रावाखोलाबाट उसको जेठूबाट त्यो सेतो अर्घेलीको कागज ठेकेर लानु पर्ने अरे । त्यसैक्रममा एक पटक उधोँ जाँदा उनी फर्किएनन् छ । त्यसपछि अगमे माथा भएछ । त्यसपछि वर्तिको बाऊको पालासम्म थियो । रुपलाल पनि यसो तालुक त भइ हिंड्यो त धेरै गर्न पाएन । तर उनले बेठी लगाउन पाएन ।

बेठी भनेको तालुकलाई सघाउने प्रक्रिया हो । तालुक भएवापत रैतीहरुले दुई खेताला सित्तैमा सघाउनु पर्ने । किपटे राईहरुको त पाँच खेताला पो झन् । अभै क्षेत्री बाहुनले त वर्षको १ पाथी जाँड खाने कोदो पनि दिनुपथ्र्योरे ! त्यो लेखर्केलीहरुले त्यसरी दिन्थ्यो रहेछ । छापगाऊँ र धिवामा सिध्र्वज राई, धनवर्ण राईहरु किपटे तालुकवाल हो । तिनीहरुले माथि महवीर डाँडाको ओढारबाट कराएपछि तुरुन्तै आउनुपर्ने रैतिहरु । पछि त ती किपटेहरुको पनि पाउने खाने कुराहरु हरायो । विर्तावालको त झन सारो त्यसै हराईगो । त्यस्तो भन्दो बुढाहरुले ।

गोरुको मासु खाँदा वर्षेनी जरिवाना
पोखरेलहरुलाई हामीले जग्गाको कुत पनि बुझाउनुपर्ने । अनि साफा भन्थ्यो, ६ पैसा छुट्टै बुझाउनु पर्ने । त्यो चाँही गोरुको मासु खाने राईहरु भनेर ‘टोक्रे’ उठाको गरे । अब त्यो उनीहरुले घिच्ने त होला नी! रकम भन्ने त हल गोरु हुनेलाई १ रुपे । कोदाले भन्नेलाई ३ सुका दिनु पर्ने । तर त्यो १ रुपे र ३ सुका चाँही सरकारलाई बुझाउँथ्यो अरे । अरु त उनीहरुले भोग गथ्र्थो नै !

मंसिर लाग्यो कि धान उठाउन झथ्र्यो । रकम उठाऊन चाँही त्यस्तै फागुन चैततिर हुनुपर्छ । १ पाथी धानको विऊको ८ पाथी कुत बुझाउनु पथ्र्यो । तर त्यो कतिघरले खान्थ्यो कोनी । आफँै मात्र चाँही खान पाउँदैन थ्यो रे’ । दाजुभाइभित्र बण्डा गर्नु पथ्र्यो रे । बारीको चाँही कुत बुझाऊनु पर्दैन थियो । उनीहरु झरेपछि कति दिन बस्ने हो, बसिञ्जेलको लागि घरको १ माना उठाएर खान्थ्यो । पकाउन चाँही आफैँ पकाउँथ्यो ।
अचेल पो क्षेत्रीबाहुनले पनि राईले पकाएको खान थाल्यो त त्यसबेला त आफैँ पकाउँथ्यो । अरुले छोएको खाँदैन थियो ।

उनीहरु एक जना सिपाहीसहित दुई जना आउँथ्यो । सानोष्लार्य भात पकाउन लाउँथ्यो । खाना खाँदा सागपात नै भए पनि दुध, दहि चाँही अनिवार्य हुनै पर्ने । तालुक घरमा नभए पनि तालुक घरले खोजेर कसकोमा छ । खोजेर ल्याईदिनु पर्ने ।

कुतको कारण खेत विहईएन
विर्ताभरीको जमिनमा जहाँ खेत विराए पनि पोखरेलको भइहाल्ने । कुत भर्नुपर्ने । त्यसो कारण ऊ बेला कति खेत बन्ने ठाऊँमा खेत पनि विहईएन (बनाईएन) । बारी भयो र कोदो मकै मात्र रोप्दा आफ्नो हुने भएकोले खेत विराईएन भन्थ्यो ।

त्यो पछि नामलेट (नामेट) भएछ । खै कैले हो कोनी । पैले चाँही एक पटक डोर आएर नाप जाँच पनि गरेको थियो । तर पाखा चाँही नपेन है । खेत मात्र नाप्यो । उसले १२ हात जतिको लामो फलमको साङ्लो लिएर आएको थियो । कति सालमा हो मलाई थाहा भएन । तालुकवालालाई त थाहा थियो होला! मेरो विहे पनि भएको थिएन । ८/९ वर्ष जतिको थिएँ होला ।

घरमा तीन वटा घोडा
म बाख्रा गोठाला गएको थिएँ । आउँदा त घर तेर्सो तीन वटा घोडा बाँधेको । बाख्र घोडालाई नाघेर गईसक्यो । मलाई घोडादेखि डर लाग्यो । सिपाहीले ‘केहि गर्दैन हौ!’ भनेपछि गएर बाख्रा थुनें । उनी एउटा राईटर रे, एउटा लप्टन रे, एउटा सुविदार भन्थ्यो । उनीहरु एक रात बस्यो क्यारे । नाप्दै नाप्दै जाँदा कहाँ पुग्यो त्यही वस्थ्यो क्यारे । तर सुत्न बस्न चाँही अलि घर मतान फराकिलो भएको घरमा बस्थ्यो ।

उनीहरु आउँदालाई रैतीले नै सामल दिनुपर्ने हो कि उनीहरु आफैँले खान्थ्यो कि त्यो म जान्दिन है । खान त सक्थ्यो होला । तर भाँडा मस्काउनुको अल्सिले अलिकति राख्थ्यो । त्यो भाँडा मस्काउने खाँदा हुने । मलाई पनि दियो र अलिकता खाएको, गाँठे मीठो त मीठो खुर्सानीले जिब्रै फाट्यो । यो पहिलो पटक हो ।
त्यसपछि फेरि आयो । सुगँुर खोर नाप्ने मगर ल्याएको थियो । उसले सँुगुरखोर नाप्यो । बाछाहरु नाप्यो । खेत चाँही कोनि त्यसले नाप्यो नापेन । त्यो सुँगुर खोर किन नापेको हो थाहा भएन । अब हिसाब निकाल्नको लागि त होला नी!

त्यसपछि फेरि पछि आयो । त्यसबाजी चाँही माना विजन छुट्यायो है । तेरो जग्गामा कति माना बिजन जान्छ भनेर सोध्थ्यो । अनि कोहि थोरै देखाउनुपर्छ भन्ने भयो । कोहि धेरै देखाउनुपर्छ भन्ने भयो । यसै क्रममा कोहि कोहि त एक मूरीसम्म मकैको विऊ जान्छ भन्ने पनि कसै कसैले लेखायो । तर धेरैले चाँही ५ पाथी १० पाथी भन्ने लेखाईयो । त्यसपछि कहिले को कोनी बिजन दार्ता भनेर फेरि सरकारी डोर आएको थियो । मिति त मलाई थाहा भएन ।

कुन दिन आउँछ सिपाही
पछि मूरीको त रकम धेरै नै लाग्यो होला । ५ पाथी लेखाउनेको पनि १० रुपे जति लाग्यो होला । ४ माना लेखाउनेको १/२ रुपे लाग्यो होला । त्यति लेखेपछि भने २०१६ सालमा ओखलढुङ्गामा अनुमानी विजन ढलौटी पैसा लगेर राख्नु प¥यो । २०१८ सालदेखि चाँही दिक्तेल मै बुझाउनु प¥यो है । दिक्तेल सरेपछि तालुकेहरुको सकिएको हो । त्यहाँपछि त गाविसमै रकम बुझाउँदा पनि भयो । अहिले चाँही बुझाईएको छैन है । पछि निक्कै भएपछि तिर्नुपर्ने होला ।

माथि जिते कामीले तिर्दैछ । पछि धेरै तिर्नुपर्ने होलरा भनेर । हामीले चाँही तिरेको छैन । त्यसलाई सोधेको ‘रकम बुझाउँछु, मलाई रसिद दिन्छ । पछि माग्यो भने यो के हो मैले बुझाएको भन्छु’ भन्छ । हामीले चाँही कसैले बुझाएको छैन । अब कुन दिन आउँछ होला नि दिक्तेलबाट सिपाही । त्यसबेला चाँही सबैलाई छेर भालू बनाउँछ । कम्ति भनेको पनि ५ सयभन्दा घटि हुँदैन होला । थोरै राख्नेको पनि ४०÷५० लाग्छ नै होला ।

विर्ता हट्यो
विर्ता कसरी हट्यो भन्ने ठ्याक्कै थाहा छैन । अब राणाहरु हट्यो, मेहन्द्र राजा हुनु प¥यो । त्याहाँदेखि हटेको हो । राणाहरुको कामय मुकायम गयो । महेन्द्र आयो । उसले सनातन ठीकसँगले लेखे बमोजिमको रकमहरु उठायो । अनि विर्ता हट्यो होला ।

अर्को त त्यो जगशेरहरुले काठमाडौमा विर्ता विषय भन्ने मुद्दा दिएको रहेछ । खार्पाली पोखरेलहरुले जब्बर गरिखाको हुनाले यसमा निसाप होस भनेर कराउनु आएको रहेछ । जगशेरहरु मात्र होइन अरु पनि थियो । त्यो मुद्दा हुँदाहुँदै हुँदाहुँदै राणाहरु हट्नु प¥यो । महेन्द्रकै सबै कायममुकायम चल्यो । अनि सद्धर कुरा रह्यो ।
त्यो टुँडिखेल भनेको कहाँ छ हो? त्यहाँ ढाकर बोकेर हामी अन्यायमा प¥यौँ सरकार भनेर कराउनुपर्ने अरे । त्यहाँबाट पोखरेलले सारै दलमल गरेछ भन्ने भएपछि अधिराज्य भरी रकम कलम लाग्यो । किपट भन्ने पनि रहेन, विर्ता भन्ने पनि रहेन छ ।

नत्र किपटेहरु त पोखरेल जति नै रहेछ । छापगाऊँ, धिवा, बसेरी सबै किपट हो । खासमा वीर्ता त २००७ सालमा तीन सरकार हटेपछि नै गएको क्यार । २००७ को लडाईँमा ओखलड’गासम्म त म पनि गएको । अब सबैलाई जान’पर्छ भन्ने उर्धि थियो । एक घर एक जन भन्ने रामप्रसाद राईको ह’क’म थियो गएन भने पछि र्सवस्व ह’न्छ रे भन्थ्यो । अनि डरैले पनि गईयो नि । हाम्रोबाट पारी बच्चेम्पा, म, कम्पने, डाँडेलीको बाब’हरु, सबै गएको हो । तर लडाईँ त खासै परेन ।

यताबाट हिंडेर हामीलाई रम्भ’वासम्म लगेको थियो । लडाई गर्न हिंडेको मान्छे, बन्द’क सन्द’क केहि थिएन । रम्भ’वासम्म झर्यौँ । त्यहाँ त्यहाँ एक दिन राख्यो । खाने बस्ने केहि व्यवस्था थिएन । भोकभोकै बसिया । भोलिपल्ट त रामप्रसाद राईको फौज आयो है गाँठे गडगडगड घोडामा त्यहाँबाट त के को खै खताबाट हो खानेक’रा पनि एकै छिनमा जम्मा भयो । राँगा, खसी, बोका त कति हो कति सब काटेर भतेर लगायो ।

कहाँबाट ल्यायो कोनी । हामीले त मागेको बेला पनि दिएको थिएन । रामप्रसादको फौज आएपछि त बोराका बोरा चामल पनि आयो । अनि टन्न खाएर उभो लागियो । माथि टोड्के खोलाबाट उता लागेपछि क्षेत्री गाऊँ रैछ । अनि त करायो है तिनीहरु ल है परेवा खाने किरुवाको वथान आयो भन्दै । पहिले त लखेट्यो नि हामीलाई । पछि भरुवा बन्द’क निकालेर ड्याड ड्याड एक द’ई फायर गरेपछि बल्ल च’प लाग्यो ।

हामी ओखलढ’ड्गा प’ग्दा त लडाईं सक्किन लागिसकेको रैछ । अब त्यो बेला हाम्रो पट्टीबाट एउटा भरुवा बन्द’क मात्र थियो । बाँकी त खालि हात । अनि कम्पने चाँही ए फड ल्याउनै म हान्छ’ भन्छ । जाँठाहरुलाई एउटा बन्द’क भएको भए त मैले जानेको थिएँ । भन्छ । ऊ त लाह’रमा बृटिशसँग लडेर आएको । हामीलाई चाँही नआउने । पछि त खै कता के के भो । कम्पनेलाई एउटा गोलि पनि लागेछ । त्यै गोलिको घाऊले बित्यो नि विचरा ।

‘त्रिलोकपाध्य राजा हुन खोजेछ’
खार्पाको पोखरेलहरु मध्ये एउटा त्रिलोकपाध्य भन्ने रहेछ रे । त्यो राजा हुन खोजे छ । त्यसबेला राणा पट्टिको वीर शमशेर थियो रे । उनी उसले ‘ए त्रिलोके राजा हुन खोजेको?’ भन्यो रे । ‘खै वीरे हुन त भनेकै हो ।’ भन्यो रे ।
त्यो त्रिलोकेको योजना एउटा घर्तिले खुस्काईदिए छ । खै कोसँग हो, उसको काम गर्ने घर्तिले आज त हाम्रो सरकार राजा हुन्छ भन्यो रे ।

उसले राणालाई भनिदिए छ । त्यसपछि राणाले थाहा पाएर ‘लु दमैलाई यसको केश मुड्न लाउनु, अलिकता केश राखिदिनु । अनि सुँगुरपाठा खोजेर, पेरुङ्गामा राखेर यसको काखीभित्र झुण्ड्याईदिनु, स्याउलाको पुच्छर बनाईदिनु, सिङ बनाईदिनु’ भने छ ।

पोखे्रलले ‘जे जे बना न वीरे, बागमतिमा तँलाई पोलेको धुवाँ आकाशमा हेर्छु, तेरो किरिया नखाई त म मेरो खार्पा जान्न’ भने छ । त्यति सारो कडा रे, त्यो त्रिलोके । अनि पछि त जसो भन्यो त्यसै पो भो रे ।
वीर शमशेर मरेर, बागमतिमा जलाएर, उनको किरिया खाएर मात्र त्रिलोके खार्पा आयो रे । पछि त्रिलोके पनि म¥यो । त्यसपछि शासनहरु खस्किँदै गयो । २००७ सालपछि त बीजन दर्ता भइहाल्यो ।
राजा भएको भए त काठाहरुले हामीलाई झन दल्थ्यो होला ।

राजाको घोडा समात्दा
राजा पूर्व भ्रमणमा आएको रहेछ । त्यसबेला पर बरबोट राजाबासमा बास बसेछ । भोलिपल्ट उँधो जाँदा छिप्टीमा घोडाा पक्रिएको हो । पक्रँदाखेरी मकरबहादुर बान्तवा राजाको दाहिने रहेछ । ऊ मन्त्रि थियो । उसलाई राजाले सोधे छ, ‘हैन ए मकरबहादुर यो के गरेको भनेर’ अनी उसले भनेछ, ‘महाराज खार्पाको पोखरेलहरुले बुईपालाई सारै नै पेला दिएको हुनाले तँपाईले एक वक्तब्य बोलिदिनुहुन्छ रे!’ भनेछ ।

त्यसपछि राजाले ‘भरै दोर्पा क्याम्पमा आउनु’ भनेछ । त्यसपछि अलि जान्ने मान्छेहरु दोर्पा क्याम्प गयो नि ।
जानेमा पञ्चवीर, जगशेरहरु थियो । त्यहाँबाट महेन्द्रले बोल्यो रे । ‘अनुमानी रकम ३ नंं. ओखलढुङ्गामा बुझाउनु’ भनेर । त्यो रकम बुझाएको काजग बसेरी लालबहादुर सम्धीकोमा थियो छ । त्यो ल्याएर सारेर, कसैले एक मुरी, कसैले १०, ५, ६ पाथी लेखाएको थियो छ ।

‘ए किरुवा तेरो बाऊको टाऊको बोक्न आईज’
तालुकवालाले सरकारको अरु काम पनि गर्नु पथ्र्यो । सरकारको डोर आउँदा मान्छे खटाउने । विभिन्न काम गर्न डोर आउँथ्यो । डोर आएको बेला मान्छे चाहियो भने डाँडाबाट सिपाही कराउँथ्यो, ‘ए s…ss….ssss किरुवा !तेरो बाउको टाउको बोक्न आइजा है !’ भन्दै । अनि ५२ जना खडा हुनुपथ्र्यो । ५२ जना नै चाहिँ किनभने हाम्रोमा ५२ तालुक रहेछ । त्यही भएर ।

सरकारी हुलाक चलानी गर्दा सिपाहीहरु बन्दुक बोकेर साथसाथै आउने रहेछ । हाम्रोमा आउँदा पारि सिरिसेमा बसेर विहान आइपुग्थ्यो । बरबोटको त्यो स्यामेम्पाको घर छ नि हो, त्यहाँदेखि मास्तिर एउटा सानो पाटी थियो । त्यहाँ बस्थ्यो । तर त्यहाँ पुग्नुभन्दा तल अहिले थामे र राम्पुर बसेको छ नि हो, त्यो डाँडा (करिब १ हजार मिटर तल) त्यहाँबाट सिपाही कराउँथ्यो, ‘ए s..s..ssssss किरुवा तेरो बाउको टाउको बोक्न आइजा है !’ भन्दै ।

उताबाट हुलाकीहरुले टोडा भन्थ्यो । आजभोलि पछाडि बोक्छ नि झोला । हो, त्यस्तै गरे (अरे) । तर त्यो त हलुङ्गो हुन्छ होला । त्यो टोडा चाहिँ छालाको थैलो गह्रुँगो हुने गरे । डल्लो हुन्थ्यो गरे गिर्लिक गिर्लिक हुन्थ्यो गरे । त्यो बोकेर आउँथ्यो ।

त्यसमा रैतिबाट उठेको पैसा, ताँबो कोचिला, ठूलो ठूलो लेखतिर कताकता खानी हुन्थ्यो गरे, त्यता भेला पारेका सामानहरु लिएर आँथ्यो अरे । हामीले हेर्न नपाइने अरे । बोकेर हिंड्ने मात्र । के के हुन्थ्यो हुन्थ्यो । अब त्यसबेला जे पनि सरखारको हुने । आफूले तामा कोचिला पनि बेच्न नपाइने । पूर्व गोर्खेदेखि इलाम, धनकुटा हुँदैहुँदै आउने रहेछ । हाम्रोहरुले सल्लेसम्म (एक दिनको बाटो) पुर्‍याएपछि उनीहरुले ओखलढुङ्गा पुर्‍याउँथ्यो गरे ।

पारिश्रमिक एक सुका
सल्लेसम्म पुर्‍याउँदा सबैलाई एक एक सुका खाजा खाने खर्च दिन्थ्यो गरे । तर अब त्यो बेला ६ पैसा माना जाँड आउँथ्यो, खान त अघाउन्जेली खायो होला नि ! सल्ले पुर्‍याएपछि एक सुका थापेर अर्खौलेतिर त आउँथ्यो होला खान । त्यहाँ खाएपछि घर आइपुग्थ्यो होला ।

सधैं मान्छे खटाउनुपर्ने भएपछि खाम्लालीहरुले पुष्टमान नेवारलाई के भनेछ भने ‘लु ३० पाथीको धानको बिउ पनि तिमीले नै खानू, रकम बोक्ने बेलामा तिमीले दुई जना मान्छे ठीक गर्नू, खेत तिम्रै नाममा लानू ।’
तीन सरकारको मान्छेहरु चाहिँ एउटा सुविदार, एउटा राइटर भन्थ्यो । १०र१२ जना जति हुन्थ्यो होला । उनीहरु भने उतैबाट आउने । तिनीहरु त ठूला ठूला मान्छे ।

सल्लेबाट ओखलढुङ्गा पुगेपछि दुई नम्बर (पूर्व रामेछाप, दोलखा आदि जिल्ला)बाट पनि आउँथ्यो होला । त्यहाँबाट काठमाडौं त पसिजान्थ्यो होला । काठमाडौंमा कहाँ राथ्यो ? कता जान्थ्यो ? हामीलाई थाहा नहुने ।
उनीहरु आउँदा फागुन, चैत वा वैशाख यस्तै यी तीन महिनाको समय पारेर आउँथ्यो क्यारे । समय चाहिँ याद भएन ।

खाम्लालीहरुले खेत नै छाडे
वर्षै्पिछे यसरी मान्छे खटाउनुपर्ने । हाम्रोमा लैकु खोलाले छेकेको यसोदेखि तल पिलुम्पा त्यसलाई खार्पालीहरुले आफ्नो लिखतमा भालु खेला भनेको रहेछ, त्यहाँ हुँदै खाम्लासम्मको मान्छे पर्थ्यो । सधैं त्यसरी खटिनुपर्ने भएपछि खम्लालीहरुले पछि ३० पाथीको धानको बिउ जाने खेत नै छाडे छ । उनीहरुको चोचोले डाँडा, गैरी, साङ्ले खेत रहेछ ।

सधैं मान्छे खटाउनुपर्ने भएपछि खाम्लालीहरुले पुष्टमान नेवारलाई के भनेछ भने ‘लु ३० पाथीको धानको बिउ पनि तिमीले नै खानू, रकम बोक्ने बेलामा तिमीले दुई जना मान्छे ठीक गर्नू, खेत तिम्रै नाममा लानू ।’
र, यस्तो यस्तो खेप्नु पथ्र्यो गरे है । अब अहिले त त्यस्तो छैन । ए मोजमानी छ । हाम्रो बाऊ बाजेले उहिले यस्तो खेपेको ।
(राजेश चाम्लिडंसँग कुराकानी मिति २०७२ चैत्र १० गते, काठमाडौ)

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ