काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रमी गृहेन्द्र घिमिरेसँग विवाह वन्धनमा बाँधिएकी छिन् ।
सोविता माओवादीमा आवद्ध घिमिरेसँग लामो समयदेखि प्रेममा थिए । गृहेन्द्रको घर चितवन हो । हाल उनी व्यवसायमा छन् । गृहेन्द्र गृष्मा ब्रोडकास्टिङको चेयरपर्शन हुन् । उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् ।
विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता वैवाहिक विधि पूरा गरिएको हो ।
२८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं–२ बाट विजयी भएकी हुन् । रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा उनको नाम आउँछ । उनी कानूनकी विद्यार्थी हुन् ।